Lil Prakash Chand

Informações:

Sinopse

I have bee working in Nepal as a multimedia journalist since thirteen year. Broadcast Journalist by profession. Writing, reading literature, visiting new places are my passion. Welcome .

Episódios

  • जाजरकोट भूकम्प प्रभावितलाई मनोवैज्ञानकि सहयोग र निगारनी आवश्यक

    15/12/2023 Duração: 03min

    कात्तिक १७ गतेको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५४ जनाको मृत्यु भयो । भूकम्पको १ महिनाभन्दा धेरै समय बितिसक्यो । प्रभावितहरू सम्हालिँदै छन् तर उनीहरूलाई मनोवैज्ञानिक सहयोग र निगरानी आवश्यक छ ।

  • सीआईएनको सूचनापछि कहिल्यै बल्झिएन हरिप्रसादको घाउ

    24/08/2021 Duração: 03min

    आफ्नो परिवारको सङ्ख्या धेरै भएको उल्लेख गर्दै हरिप्रसादले थोरै भए पनि भत्ताको रकमले घर खर्च चलाउन सहयोग पुगेको बताउनुभयो । सूचना जानकारीका लागि हालसम्म टेलिभिजनमा भर पर्दै आउनुभएका गौतम रेडियोबाट पाएको जानकारीका आधारमा सामाजिक सुरक्षा भत्ता पाउन सफल भएपछि भने उहाँले अब घरमा नै रेडियो राख्ने निर्णय गर्नुभएको छ । 'फेरिफेरि पनि त्‍यस्तो केही पर्न आयो भन्देखिन् सुन्न पाइन्छ नि, हो कि होइन भन्नुस् त ? बाहिर सुनेको भन्दा त आफैँले सुनेको राम्रो।' हरिप्रसादले हाँस्दै आफ्नो विचार सुनाउनुभयो ।

  • नेपाल-भारत सीमा विवाद, सुरु र अन्त्यको सम्भावना | लेखक तथा अध्ययता रतन भण्डारीसँगको कुराकानी

    09/11/2019 Duração: 27min

    भारतले सार्वजिनक गरेको नक्सामा नेपाली भूभागपरेपछिको नेपालको विरोध, ७१ स्थानमा मिचिएको नेपाली सीमाना, अतिक्रमित भूभाग एकसाथ फिर्ता आउने सम्भावना र चुनौतीको बारेमा नेपाल-भारत सीमा विवाद बारेका अध्यता रतन भण्डारीसँग गरिएको विशेष कुराकानी । सुनेर प्रतिक्रिया लेख्न सक्नुहुनेछ ।

  • कलाकार, सांसदहुँदै सभामुखसम्मको पूर्ण घर्तीको उतारचढाव

    06/11/2019 Duração: 12min

    तत्कालीन माओवादीले रोल्पालाई ‘लाल क्षेत्र’ बनाउन २०५० सालमा रुकुममा पर्ने सिस्ने हिमाल र जलजला माईको नामबाट ‘सिज’ अभियान सुरु गर्‍यो । त्यस्को २ वर्षपछि अभियान नियन्त्रणका लागि सरकारबाट रोल्पामा ‘अप्रेशन रोमियो’ चलाउँदाताका परिचालित सुरक्षाकर्मीबाट भएका ज्यादतीपछि पूर्ण घर्तीले लेख्नुभएको ‘ढल्दैन त्यो’ बोलगको गीत लेखक स्वयं र माइला लामा, सीता आचार्यलगायतले गाउनुभयो । रोमियो अप्रेशनको तीन महीनापछि माओवादीले सशस्त्र विद्रोहको घोषणा गर्दा रोल्पाली मात्र होइन सिङ्गो मुलुक नै स्तव्ध भयो । विद्रोहीहीहरूमा उत्साह देखिए पनि अरु सामान्य अवस्थामा थिएनन् । गायक तथा लेखक घर्तीले नै लेख्नुभयो,‘एकै रातमा धरती हल्लियो ।’ अनि गायनमा उहाँलाई सीता आचार्यले सघाउनुभयो । राजनीतिले नेतृत्व गर्थ्यो र कला,साहित्य, सेना,सङ्गठन,बिभिन्न जनवर्गीय सङ्गठन इत्यादीले सेवकको रूपमा काम गर्थे ।’ घर्तीले सीआईएनसँग भन्नुभयो, ‘हामीले पनि त्यही भूमिका निर्वाह गरेका थियौँ ।’ ३ दर्जनभन्दा धेरै गीत लेख्नुभएका घर्तीका सबै गीत रेकर्ड हुन पाएनन् । उतिबेला माओवादीले लिएका सिद्धान्त र अपनाइएका रणनीतिसँग मिल्नेगरी कलाकारहरूले गाउनु र नाच्नुपर्थ्यो । ‘जोशिल

  • सांसद् हुँदै सभामुखसम्म तर गहिरो कलाप्रेमी

    20/10/2019 Duração: 05min

    पञ्चायतदेखि बहुदल होस् वा जनयुद्धदेखि लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलनमा पनि कलाकारहरूको महत्वपूर्ण भूमिका रह्यो । तत्कालीन सशस्त्र युद्ध र त्यसअघिको पञ्चायत ढाल्नका लागि सांस्कृतिक रूपमा सक्रिय पूर्ण घर्तीको योगदान र नेतृत्व पनि महत्वपूर्ण नै रह्यो । 

  • निर्णायक तहमा महिलाको भूमिका बढाउन र मातृ तथा शिशु मृत्यु दर कम गर्न पुरुषहरु परिचालन (अडियोसहित)

    02/09/2019 Duração: 03min

    महिला तथा बालबालिकाको स्वास्थ्यका बारेमा चेतना जगाउन गठन गरिएका पुरुष समूह बाँकेमा प्रभावकारी बनेका छन् । मातृ तथा शिशु मृत्युदर कम गर्न सबै पुरुषले सहयोगी भूमिका नखेलेको पाइएपछि बा समूह गठन गर्ने अभियान चलाइएको हो ।

  • हिमालकै कारण गाउँघर समृद्ध बन्दै

    27/08/2019 Duração: 03min

    स्थानीय निकाय हुँदा थोरै रकममा चित्त बुझाउने गाउँपालिकाले रोयल्टीवापद् करौडौँदेखि सयदुई सय भाग पाएका छन् । थोरै पाउनेहरू भने रोयल्टीको मापदण्ड सच्याउनुपर्ने पक्षमा छन् ।

  • स्थायी शिक्षक नियुक्तिमा शक्तिहरूको सङ्घर्ष

    30/07/2019 Duração: 04min

    तीन तहका सरकारका काुनन र क्षेत्राधिकार बारेको अन्यौलताका कारण स्थायी शिक्षक नियुक्तिमा समस्या देखिएको छ । एकलेअर्काको निर्णय र निर्देशन कार्यान्वयन नगर्ने अवस्था भएपछि सिफारिस भएका शिक्षक भने तनावमा छन् ।

  • अस्थायी शिक्षकका नाउमा दलीय भर्ती केन्द्र

    26/02/2019 Duração: 04min

    सामुदायिक विद्यालयमा कार्यरत करिब साढे ३ लाख शिक्षक मध्ये निजी स्रोतका ८४ हजारभन्दा धेरै र ३८ हजारभन्दा धेरै राहत शिक्षक छन् । सरकारी शिक्षकमध्ये लगभग सबैजसो राजनीतिक दलका सदस्य र दलका १५ शिक्षक संगठनको हिसाव हेर्दा त्यसमध्ये २० हजार भन्दा बढी शिक्षक नेता–कार्यकतकै रुपमा सक्रिय रहेकाले दलहरु शिक्षाको गुणस्तरलाई भडखालोमा हाल्ने मुद्दामा बोल्न सकेका छैनन् ।

  • तनाव व्यवस्थापनका उपाय

    09/02/2019 Duração: 03min

    मानसिक रुपमा स्वस्थ हुनका लागि तनाव व्यवस्थापन महत्वपूर्ण मानिन्छ । हिजोआज प्रायः सबै व्यक्ति कुनै न कुनै प्रकारको तनावमा रहेको पाइन्छ। आफ्नो तनाव आफै व्यवस्थापन कसरी गर्ने, मैले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक स्वास्थ्य विभाग प्रमुख डा सरोज ओझासँग संक्षिप्त कुराकानी गरेको छु। सुनेर प्रतिक्रिया दिनुहोला।